रिबन

रात छिप्पिएपछि भीम रावलले भने-राष्ट्रिय स्वाधिनताकाे लागि अध्यक्षकाे उम्मेदवार भएँ

काठमाण्डाैं।दिनभर पत्रकार सम्मेलन र यसपछि लगातार विभिन्न सञ्चार माध्याममा अर्न्तवार्ता दिएका एमाले उपाध्यक्ष भीम रावलले रात छिप्पिएपछि पुन नयाँ कुरा सार्वजनिक गरेका छन।

उनले आइतवार दिउँसाे मात्र एमालेकाे मंसिर १० देखि १२ गतेसम्म हुने दसाैं महाधिवेशनमा केपी अेालीसंग अध्यक्षमा प्रतिस्पर्धा गर्ने चुनाैती दिएका थिए।उनले कसैगरि पनि अध्यक्षकाे उम्मेदवारीबाट पछि नहटने दावी समेत गरेका थिए।

यतिले नपुगेर मध्यरात हुनै लाग्दा राष्ट्रिय स्वाधिनता खतरामा परेकाे भन्दै यसकाे रक्षाकाे लागि अध्यक्षमा उम्मेदवारी दिएकाे उल्लेख गरेका छन।उनले यसाे भनेर अध्यक्ष केपी अेालीकाे राष्ट्रिय अडानमा माथि प्रशन खडा गरिदिएका छन।उनले भनेका छन-देश र जनताको सर्वोपरी हित, राष्ट्रिय स्वाधीनता र स्वाभिमान तथा विधि, पद्धति र सिद्धान्तको आधारमा पार्टीको सञ्चालन जस्ता विचार र मान्यताको झण्डा उठाइरहन एवं निष्ठाको मार्ग अनुशरण गरिरहन आज मैले नेकपा(एमाले) को दसौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेको छु।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *