काठमाण्डाैं।जब माधव नेपाल र झलनाथ खनाल एमालेबाट अलग भएर नयाँ दल गठन गर्न पुगे तव माधवरहितकाे एमाले वनाउने केपी अेालीकाे चाहना पुरा भयाे।वास्तवमा कसैले व्रेक वा छेकवार नलगाउने एमाले निर्माणकाे याेजनामा थिए उनी।एमालेमा केपी अेालीलाइ लगाम लगाउन सक्ने काेही थियाे भने त्याे माधव नेपाल मात्र थियाे।माधव वाहिरिएपछि उनले खास चिन्ता गरेका पनि थिएनन र माधवलाइ राेक्ने न केपी अेालीले न इश्वर पाेखरेलले पहल नै गरेका थिए।वरू साच्चिकै प्रयत्न विष्णु पाैडेल र सुवास नेम्वाङ माधवलाइ राेक्ने काेशिश गरेका थिए।तर,माधव जादा जब दस भाइ एमालेमै फर्किए तब अेालीले भने-पिलाे निचाेरियाे तर खिल वाँकी छ।
महाधिवेशनकाे लागि जम्मा हप्ता दिन मात्र वाँकी रहदा भीम रावलले अध्यक्षमा उम्मेदवारी घाेषणा गरे। घाेषणा गर्दा रावल एक्लै थिए।उनका न अघि काेही देखिन्थ्याे न पछि।रावल उम्मेदवारी दिदै गर्दा हिजाे माधव क्याम्पबाट एमालेमै वसेका दस भाइ मध्ये अधिकांश अेालीकाे विकल्प छैन भन्दै थिए।याे पंक्तिमा अरू त अरू अष्टलक्ष्मी शाक्य समेत थिइन।याेगेश भटटराइ त केही दिन यता केपी अेालीलाइ महान भन्न थालिसकेका छन। तैपनि उनले दुस्साहस गरेका छन-केपी अेालीविरूद्ध उम्मेदवारी दिएर।याे उम्मेदवारी पछि रावलकाे अेालीसंग पराजय हुन सक्छ- यसमा रावल ढुक्क देखिए।
माधवरहित एमाले भन्नुकाे मतलब अकण्टक,विनाराेकटाेक पार्टी सत्ता चलाउन पाउने वातावरणकाे निर्माण थियाे अेालीकाे सपना । साच्चै भन्ने हाे भने माधव नभएपछि उनलाइ च्यालेन्ज गर्ने एमालेमा काेही थिएन।तर,भीम रावलहरू फर्किएपछि अेालीले ठाने कि माधव नभएपनि माधवकाे भुतले सताउनेछ।यसैले उनले खिल वाँकी छ भनेका हुन।
एमालेमा अहिले अेालीकाे प्राधिकार स्विकार्ने मात्र हाेइन,उनकाे तावेदारी गरेर महाधिवेशनमा पावरफुल पडकाउने ध्याउन्नमा सेलिव्रेटी नेता नै लागेका छन।यसमा अहिले दाैड चलेकाे छ।कसले वढता अेालीलाइ खुशी पार्ने र पद लिने भन्ने प्रतिस्पर्धा छ। याे प्रतिस्पर्धामा नपरेका रावलले अध्यक्षमै उम्मेदवारी दिए।अर्थात अेालीकाे हैकमा हमला गरे।खासमा याे अेालीकाे अहंमाथिकाे प्रहार भन्दा हुन्छ।किनभने उनले मलाइ चुनाैती दिने काेही छैन भन्ने ठानेका थिए।र,यहि विचमा दस भाइलाइ उनले तितरवितर पार्न पनि सफल भए।
तर भीम रावलले पनि यतिकै उम्मेदवारी दिएका भने हाेइनन।भीम रावलले जे गर्ने हाे यहि महाधिवेशनमा गर्नु पर्नेछ।साच्चै भन्ने हाे भने उनकाे लागि याे अन्तिम माैका हाे।उमेरकाे कारण उनले अर्काे महाधिवेशन लडन पाउनेछैनन।र,पार्टीभित्रकाे समिकरणकाे कारण उनले महत्वपुर्ण पद पनि पाउनेछैनन।अर्थात इश्वर पाेखरेल वरिष्ठ उपाध्यक्ष भएर उनकाे मुनि टुसुक्क एउटा उपाध्यक्षकाे कुर्सीमा पाच बर्ष वस्न जव रावलले मन्जुर गरेनन तब उनले अेालीकाे अहम माथि प्रहार गरे अध्यक्षमा उम्मेदवारी दिएर।उनले चुनावमा जिते इतिहास लेख्नेछन।महाधिवेशनमा हारे पनि कम्तीमा हिम्मत गरयाे भनिनेछ।उनले उम्मेदवारी दिएर गुम्न लागेकाे साख जाेगाउन खाेजेका छन।
तर,उनकाे उम्मेदवारी लगत्तै अध्यक्षमा उम्मेदवारी दिएर वरिष्ठ उपाध्यक्ष पद पाउनकाे लागि वार्गेनिङ गरेकाे भनेर अेालीपक्षबाट प्रतितर्क हुन थालिसकेकाे छ।रावलले सम्झाैता गरे अझ सकिन्छन,हिम्मत गरे नाम लेखाउनेछन।




