रिबन

एमाले महाधिवेशन : यसपटक अमृत वाेहरा, अर्काेपटक वादलकाे विदाइ

काठमाण्डाैं । माअेावादीबाट एमाले प्रवेश गरेका रामवहादुर थापा वादलकाे राजनीतिक जिवन संकटमा पर्न थालेकाे छ।मन्त्रीबाट हटेपछि सुनशान र शान्त रहेका उनी एमालेकाे दशाैं महाधिवेशनबाट झन पछि पर्ने भएका छन।उनलाइ छाडेर अध्यक्ष केपी अेालीले वरिष्ठ उपाध्यक्ष इश्वर पाेखरेललाइ वनाउने निधाे गरेपछि उनी उपाध्यक्षमा मात्र सिमित रहने भएका छन।तर,यसमा पनि सहमति भइसकेकाे छैन।

महाधिवेशन खास भुमिका नपाएका वादललाइ अर्काे पनि चाेट परेकाे छ।उनीले सक्रिय राजनीति गर्ने यहि पाच वर्ष मात्र रहेकाे छ।एमालेले गाेदावरीबाट पास गरेकाे विधानमा ७० वर्षकाे उमेर हद राखेकाे कारण वादलले अर्काे महाधिवेशनकाे सामना गर्न पाउने छैनन।किनभने उनी अहिले नै ७० वर्षकाे नजिक पुगिसकेका छन।

यहि उमेर हदकाे कारण यस वर्ष अमृत वाेहरा एमालेकाे सक्रिय राजनीतिक जिवनबाट विश्राम लिदैछन भने वादलले अर्काे महाधिवेशनमा विश्राम लिनेछन।वादलजस्तै अन्य ११ जना नेताले अर्काे महाधिवेशनबाट विश्राम लिनेछन जसले गर्दा एमालेले नयाँ नेतृत्व तयार पार्नुपर्नेछ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *