काठमाण्डाैं।केही दिन अघि नेकपा माअेावादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विप्लव पनि फर्किन्छन भनेका थिए।उनले यसाे भन्दा स्वयम नेत्रविक्रम चन्दकाे नेकपाले नै यसकाे खण्डन गरेकाे थियाे।साे दलले प्रचण्डले आफनाे दल कमजाेर भएपछि फण्डा गरेकाे वताएकाे थियाे।
तर यहि साता राजधानीकाे खुलामञ्चमा आमसभाकाे तयारीमा जुटेकाे विप्लवकाे दल नेकपाले प्रचण्डकाे दल माअेावादीसंग निकटता वढाएकाे छ।अहिलेसम्म अव हुने चुनावमा भाग लिदैनाैं र देशकाे राज्यप्रणालीकाे वारेमा जनमतसंग्रह गर्नुपर्छ भनिरहेका विप्लवसंग स्वयम अध्यक्ष दाहालले भेट गरिरहेका छन।उनले शनिवार पनि गाेप्य भेट गरेका छन।
यसअघि पनि उनीहरूकाे भेट भएकाे थियाे।वारम्वार विप्लव पनि मुलधारमै फर्किन्छन,यहि आउँछन भनेर प्रचण्डले यिनै वैठक र भेटलाइ आधार मानेका वताइरहेका छन।
शनिवारकाे भेट भने अलि खास भएकाे वताइन्छ।याे भेटमा अध्यक्ष दाहालले विप्लवलाइ पार्टी एकताकाे लागि प्रस्ताव गरेका छन। तर उनीहरू तत्काल पार्टी एकता भन्दा पनि सहकार्य गरेर जाने सहमति भएकाे छ।यसैलाइ अघि वढाउदै पुन एकता गर्ने उनीहरूकाे तयारी छ।
प्रचण्डले पार्टी एकताकाे लागि वाटाे खुल्ला राख्नकै लागि वारम्वार याे सविधान प्रति नाेट अफ डिसेन्ट राखेकाे वताइरहेका छन।उनले यसमा पुर्ण सहमति थिएन भनेर विप्लवसंग एकताकाे लागि वाटाे खुल्ला राखेकाे वताइन्छ।
प्रचण्डले माअेावादीसंग टाढिएर गएकाहरूलाइ पुन जाेडन विचार मिल्नेकाे एकता भन्न थालेका छन।यसाे गरे अबकाे चुनावमा प्रभाव पार्न सकिने उनकाे विचार छ।




