रिबन

दशौं महाधिवेशनमा ११ जना नेताको राजनीतिक जीवन संकटमा

काठमाण्डौं । नेकपा एमालेको दशौं महाधिवेशन जोडतोडले हुन गइरहेको छ । चितवनमा हुने महाधिवेशनमा तयारीको लागि नेताहरु दौडधुपमा देखिन्छन । पार्टी अध्यक्ष र वरिष्ठ उपाध्यक्षमा सहमतिको नजिक पुगिसकेकोले वाँकी पदमा नेताहरुको दौडधुप चलिरहेको छ तर एकथरि नेताहरु भने तनावमा देखिन्छन । महाधिवेशनलले पनि मझौला तहका नेताहरुको जिवनमा कुनै उमंग ल्याउन सकेको छैन । एमालेले उमेर हद तोकेकोले अहिले दोस्रो तहमा रहेका अधिकांश नेताको राजनीतिक जिवन संकटको डिलमा पुगेको छ । एमाले स्रोतका अनुसार,दसौं महाधिवेशन चलिरहदा एघारौं महाधिवेशनमा भाग लिन नपाइने र जम्मा यहि पाच बर्ष मात्र सक्रिय राजनीतिक जिवन रहने भो भन्दै ति नेतामा छटपटी देखिन थालेको छ । एमालेमा इश्वर पोखरेल,भीम रावल,अष्टलक्ष्मी शाक्य,युवराज ज्ञवाली, अमृत वोहरा सहितका ११ जना नेताको राजनीतिक जिवन संकटमा परेको छ । यसमध्ये पनि अमृत वोहरा त यहि दशौं महाधिवेशनबाट नै विदा हुदैछन । यसवोहक भीम रावल सहितका नेताहरु भने एघारौं महाधिवेशनबाट विदा हुनेछन । उनीहरुको लागि यहि अन्तिम महाधिवेशन हुनेछ । अध्यक्ष केपी ओलीले दोहोरयाएर अध्यक्ष हुने मन गरेपछि एघार जना नेताको जिवन नै संकटमा परेको हो। यसैकारण अहिले एमालेमा यी एघार नेतालाइ कसरी समेटने भनेर चिन्ता थपिएको छ । ओलीलाइ टिममा यस्ता नेतालाइ कसरी समेटने भनेर सकस परेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *