रिबन

एमाले महासचिव को ?

काठमाण्डौं । दशौं महाधिवेशनबाट पनि केपी ओली अध्यक्ष हुनेनिश्चित भएपछि अब महासचिव को हुने भन्ने वहश सुरु भएको छ । नेकपा एमालेको महासचिव भइसकेका इश्वर पोखरेल नै दोहरिन्छन वा अरु कोही आउँछन भन्ने वहश सुरु भएको छ । महासचिव पोखरेलले पुन दोहोरयाएर महासचिव नहुने भनेपछि अब यो पद कसले लिने भन्ने होड चलेको हो । महाधिवेशनको लागि हप्ता दिन मात्र वाँकी रहदा महासचिवमा तिन जना दरिला उम्मेदवार देखिएका छन । नेकपा एमालेमा अहिले विष्णु पौडेल, शंकर पोखरेल र पृथ्वीसुब्बा गुरुङ्गले महासचिवको दावी गरेका छन । पोखरेल गत अधिवेशनमा सचिव पदमा निर्वाचित केपी ओलीका प्रिय ब्यक्ति हुन । यस्तै,पौडेल,नेकपा एमाले उपमहासचिव निर्वाचित भएपनि नेकपा वन्दा महासचिव भएका ब्यक्ति हुन । उता,गुरुङ्ग पनि सचिव निर्वाचित भएका नेता हुन । महासचिव यि तिन जना नेताको दावी रहेपनि कसलाइ वनाउने भन्ने निधो अध्यक्ष ओलीले गरिसकेका छैनन । तर,लुम्विनी प्रदेशको मुख्य मन्त्रीबाट हटनु अघि नै अबको मुख्यमन्त्री भनेर प्रचारित पोखरेल मौन देखिन्छन तर सवैभन्दा वलिया उम्मेदवार पनि उनै देखिन्छन । एमाले स्रोतका अनुसार,पोखरेल अध्यक्ष ओलीका मात्र होइन,राष्ट्रपति विद्यादेवी भण्डारीका पनि रुचाइएका पात्र हुन ।

तर,कुरा यति मात्र हाेइन,एमालेमा महासचिवका दावेदार अन्य नेता पनि छन।याे पदमा माधव नेपालकाे साथ छाडेर एमालेमै रहेका सुरेन्द्र पाण्डेकाे पनि दावी छ।उनी नवाैं महाधिवेशनमा नै माधव नेपालकाे टिमबाट इश्वर पाेखरेलसंग लडेर झिनाे मतले हारेका नेता हुन। यति मात्र हाेइन,उपमहासचिव भइकसकेका घनश्याम भुषाल,सचिव भइसकेका याेगेश भटटराइ र गाेकर्ण विष्ट पनि उपयुक्त पदकाे खाेजीमा छन । एमालेले पछिल्लाे समय गाेदावरी विधानसभा गरेर पदाधिकारीमा १७ पद सिर्जना गरेकाे छ तर यस पार्टीमा पदका इच्छुकाे संख्या भने ३५ जना भन्दा बढी रहेकाे छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *