काठमाण्डौं । मंसिरको १० देखि १२ गतेसम्म हुने एमालेको महाधिवेशनबाट पार्टी उपाध्यक्ष भीम रावलको राजनीति भने सकिने भएको छ । यस महाधिवेशनबाट अध्यक्षमा पुन केप शर्मा ओली नै चयन हुने निश्चित भइसकेको छ । तर,उनी अध्यक्ष चुनिरहदा पार्टीको शीर्ष तहहा रहेका भीम रावल सहित करिव एक दर्जन नेताको राजनीतिक भवष्यि भने सकिने भएको छ । एमालेले गोदावरीमा विधान महाधिवेशन गरेर ७० बर्षसम्म सक्रिय राजनीति गर्न पाउने र एक ब्यक्तिले दुइ पटकसम्म मात्र पद लिन पाउने ब्यवस्था गरयो । गोदावरीमा पास भएको यहि ब्यवस्थाकै कारण भीम रावल सहितका नेताहरुको एमालेमा राजनीति जिवन अन्त्य हुन लागेको हो ।
एमाले स्रोतका अनुसार,भीम रावलको उमेर अहिले ६७ बर्ष भएको छ । दशौं महाधिवेशनमा उनी अध्यक्ष हुने सम्भावना छैन र उपाध्यक्षमा सिमित हुने देखिन्छ । यस पटक निर्वाचित भएको कार्यसमितिले पाच बर्ष काम गर्नेछ । अर्थात पाच बर्षपछि रावलको उमेर ७२ बर्षको हुनेछ । एमालेको अहिलेकै विधान कायम रहदा उनी स्वत पार्टीबाट हटनुपर्नेछ । यहि विधानकै कारण यसपटक अमृत वोहरा पार्टीबाट विदा हुदैछन । नेता रावललाइ मात्र होइन,यहि विधानले अष्टलक्ष्मी शाक्य,युवराज ज्ञवाली, सुवास नेम्वाङ्गसम्मलाइ असर पर्नेछ । कतिसम्म भने अहिले महासचिव रहेका इश्वर पोखरेलले पनि अर्को पटक अध्यक्षमा लडन पाउनेछैनन ।उनी पनि यहि उमेर हदका कारण पार्टीबाट विश्राम लिने ठाउमा पुग्नेछन ।




