काठमाडौं । आन्दोलनरत नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई २४ घण्टा भित्र पदबाट राजीनामा दिन ‘अल्टिमेटम’ दिएको छ ।
बारले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ शुक्रबार सम्ममा राजीनामा नदिए सशक्त आन्दोलनका कार्यक्रम ल्याएर त्यसैको बलमा पदमुक्त गराउने चेतावनी दिए ।
नेपाल बार एशोसिएसनले इतिहासमा धेरै पटक न्यायालयमा सुधारका लागि आन्दोलन गरेको बताउँदै यस पटक निर्णायक आन्दोलनमा रहेको अध्यक्ष श्रेष्ठको भनाइ रहेको छ ।
अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबराले सर्वोच्च अदालतमा अनियमितता र भ्रष्टाचारको नेतृत्व गरेको समेत आरोप लगाएका छन् । जबरा प्रधानन्यायाधीश नियुक्त भएदेखि नै आफूले न्यायालयमा भएको भ्रष्टाचार र अनियमितताको अध्याय सुरु गरेको बताउँदै श्रेष्ठले जबराले राजीनामा नदिएसम्म आन्दोलन नरोकिने बताए ।




