रिबन

प्रकाशमान सिंहको रफटफ कुरा : म मरे मात्र हो,नत्र सभापति उठछु

काठमाण्डौं । ‘तपाइहरुको के छ ?’ हसिलो अनुहार लगाउदै छेउमा राखेको कुर्सीमा वसे–प्रकाशमान सिंह । अनुहार त हसिलो छदैथियो कुरा पनि फरासिलो गर्दै थिए उनी । ‘दाइ त दुब्लाउनु भएछ’ टिप्पणी भुइमा खस्न नपाउदै भने–२३ किलो वेट घटाइसकें । १६ घण्टामा खाने आत्मअनुशासनमा वसेको छु । हो र ? पत्रकारको आश्चर्य मिश्रित प्रश्न अर्को कडा स्टेटमेन्ट दिए–महाधिवेशनमा सभापति उठने मान्छे फिट हुनुपरेन ?’
विहिवार यसरी गफिए प्रकाशमान सिहं । पत्रकारहरुसंग छोटो अन्र्तक्रिया गर्न उनी भेटिएका थिए । सुरुवात मै वोलेका उनले लामो वोले तर मनका कुरा वोले । कुरा नचपाइकन । ‘म त पाइलट हुन हिंडेको मान्छे । क्यानडाको स्कलरसिप पाएँ पनि दरवारले रोक्यो । मेरो हातबाट ठुलै काम हुनु छ जस्तो छ ।’
उनले मनको पोको खोले । करिव डेढ दर्जन पत्रकारको सामुन्नेमा प्रकाशमान सिहले कुराको सुरुवात गरे महामन्त्री डा.शशांक कोइरालाको आक्षेपबाट । ‘मलाइ त बाहिरको मान्छेले चिन्दैन रे ।’ उनले चित्त दुखाएका रहेछन । ‘आजकाल फेसवुकमा फोटो हाल्ने जमाना रहेछ,म त चुपचाप संगठन गर्ने मान्छे । हल्ला गर्न नजानेको । मलाइ वाहिरको मान्छेले चिन्दैनन भने महाधिवेशनमा टेष्ट गरौं न त ।’ उनी यति भनिसक्दा हसिला देखिए ।
शशांकलाइ उनले खास रुचाएनन । एकदिनको सम्वाद उनले सुनाए । ‘शशांकले म सभापति लडछु सहयोग गर्नुस भने । मैले हुन्छ भनें । किनभने शेरवहादुरजी भन्दा हजार गुणा राम्रो शशांक हुन । तर तिन जना वस्यो कुनै सहमति हुदैन । अन्तिममा पावर शेयरियङ्गमा कुरा मिल्ने होला तर म वोलेपछि पछि हटने मान्छे हैन ।’
यहि वखतमा पत्रकारहरुले उनलाइ जिस्काए । ‘कतै अन्तिममा सभापति नलडने त हैन ?’ उनी हासे । ‘म मरे भने वेग्लै कुरा नत्र लडछु भनेपछि लडछु ।’
उनले अर्को प्रसंग पनि सुनाए । ‘आज विहान रामचन्द्र पौडेल आउनुभयो । लामो कुरा भयो । अनि मैले उहालाइ नढाटी अब अभिभावक वन्नुस,सहयोग गर्नुस भनें ।’
उनले सभापति किन हुने त्यो पनि प्रष्ट पारे । ‘प्रजातन्त्र र कांग्रेस पर्यायवाची भएको उनको भनाइ थियो ।’ सिहले भने–यहा त डेमोक्रेसी नै खतरामा पर्ला जस्तो भइसक्यो । यो जोगाउन त टेस्टेड तर इतिहासमा खरो उत्रिएको मान्छे चाहिन्छ,त्यो म हो ।’
उनले सभापति भए के गर्ने खाका पनि कोरेका रहेछन । उनले भने–अब जसले आर्थिक एजेण्डा वोक्छ त्यो नेता हुन्छ ।’ उनले भने–म सभापति भएँ भने तल ६७४३ वडा हुदै ७५३ पालिकामा छलफल गरेर प्रदेश र केन्द्रमा वहश गरेर केन्द्रिय समितिबाट फाइन आर्थिक शोधपत्र तयार पार्छु । स्थानीय चुनाव भन्दा अघि नै सार्वजनिक गर्छु ।’
सभापतिमा उनले कसैसंग अब सम्झौता नगर्ने अडान पनि राखे । नेता सिहले भने–अरुले नमाने पछि म किन मान्ने ?
पत्रकारले उनलाइ यहि कुरा पार्टीमा किन नभनेको ? भन्दा उनी अलि दिक्क मानेको अवस्थामा देखिन्थे । उनले भने–वोल्यो कि पार्टी नेतृत्वको आलोचना गरेको भन्छन । काठमाण्डौं वाहिर कसले चिन्छ भन्छन । महाधिवेशनमा लडौं न थाह भइहाल्छ नि,हैन ?
उनले ब्यक्तिगत कुरा मात्र गरेनन,सभापति देउवको असक्षमताको पनि चर्चा गरे । र,अब पार्टीले चुनावमा कसैसंग गठवन्धन गर्न नहुने पनि वताए । उनले अदालतको निकासको लागि संसद डाक्नुपर्ने वताए ।
अन्त्यमा,उठदै गर्दा उनी आशावादी देखिन्थे । ‘मैले मात्र धेरै वोले तपाइहरुको कुरा सुन्न पाइएन उनले दुखेसो गरे ।’ पत्रकारको सहज टिप्पणी थियो–तपाइ वोल्दा हामीलाइ फाइदा हुन्छ । उनले भने–म अनुभवी भइसकें,तपाइहरु ठिक्क मात्र मसला दिन्छु ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *