रिबन

कांग्रेसको केन्द्रीय निर्वाचन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिको बैठक आज बस्दैछ । बिहीबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा समितिको बैठक बस्न लागेको हो ।

कांग्रेसले कात्तिक २७ देखि वडा अधिवेशन सुरु गरेको थियो । शुक्रबार प्रदेशसभा क्षेत्रीय अधिवेशन गर्ने तयारी गरेको छ । विभिन्न जिल्लाबाट आएका उजुरी र निर्वाचन हुन नसकेका ठाउँमा समन्वय गर्नेजस्ता कार्यका लागि बिहीबार निर्वाचन समितिको बैठक बस्न लागेको हो ।

सिन्धुपाल्चोकमा २ वडामा र रसुवामा केही वडामा अधिवेशन हुन सकेको छैन । कांग्रेसले यही मंसिर २४ देखि २६ सम्म काठमाडौंमा १४औँ महाधिवेशन गर्दैछ । हालसम्म १४ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भइसकेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । बाँकी जिल्लामा १० मंसिरभित्र जिल्ला अधिवेशन गर्नुपर्ने कार्यतालिका छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *