काठमाण्डाैं । अर्काे साता चितवनमा हुने दसाैं महाधिवेशनमा नेकपा एमालेकाे वरिष्ठ उपाध्यक्ष इश्वर पाेखरेल हुने लगभग पक्का भएकाे छ। पार्टी अध्यक्ष पछि वरिष्ठ उपाध्यक्ष पद यस पटक भएकाे विधान महाधिवेशन मार्फत गरिएकाे छ।विधानमा उपाध्यक्ष पाच जना रहने ब्यवस्था पनि कायमै छ।तर,अध्यक्ष पछि वा उनकाे अनुपस्थितमा वरिष्ठ उपाध्यक्षले पार्टी सञ्चालन गर्ने विधान मै ब्यवस्था भएकाे छ। याे ब्यवस्थापछि नेकपा एमालेमा कसलाइ याे पदमा राख्ने भन्ने वहश चलिरहेकाे छ।
पार्टी भित्र केपी अेालीकाे भित्रिया भनेर चिनिएका सुवास नेम्वाङ,इश्वर पाेखरेल याे रेसमा देखिन्छन ।तर,अध्यक्षमा सर्वसम्मति गरेर वरिष्ठ उपाध्यक्ष पनि पाेखरेललाइ दिने तयारी भइरहेकाे छ।यसैकारण महाधिवेशन संघारमै हुदा पनि नेकपा एमालेमा रहेका युवा देखि वृद्ध सम्म काे कुन पदमा उठने भनेर सामान्य चर्चा समेत गरिरहेका छैनन।
अध्यक्षमा उठनसक्ने दावी गरेर पनि भीम रावल माैन छन भने वैचारिक नेता भनेर चिनिएका घनश्याम भुषाल पनि शान्त देखिएका छन।यी दुवै नेताले अध्यक्षमा उम्मेदवारी दिने दावी गरेका थिए।
तर,महासचिव भइसकेका पाेखरेल,उपाध्यक्ष भइसकेका नेम्वाङ,अष्टलक्ष्मी शाक्य भने माैन छन।यी सवैलाइ उपाध्यक्ष पद मै पुन राख्ने तयारी भइरहेकाे छ।महासचिव भइसकेकाे र एकपटक सार्वजनिक मञ्च मै अध्यक्ष हुने चाहना समेत ब्यक्त गरिसकेका इश्वर पाेखरेललाइ भने वरिष्ठ उपाध्यक्ष पद दिएर थन्क्याउने अेाली पक्षधरकाे रणनीति छ ।
महाधिवेशनमा हाेमिइरहेकाे अेालीपक्ष यहि विचमा माधव नेपाल छाडेर एमालेमा वसेका दस भाइलाइ तितर वितर पार्न पनि सफल भएका छन।महाधिवेशनकाे लागि याे ठुलाे उपलब्धि भएकाे उनीहरूकाे ठहर छ।




