समाचार

भौतिक मन्त्री यादव र मन्त्री भडेलबीच भेट, कमलविनायक-नगरकोट सडक चाडो सम्पन्न गर्ने विषयमा छलफल


काठमाडौं । भौतिक यातायात तथा पूर्वाधार मन्त्री रेणुकुमारी यादव र बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कृष्णलाल भडेलबीच भेटवार्ता भएको छ । भेटवार्तामा लामो समयमदेखि अलपत्र परेको कमलविनायक–नगरकोट सडक खण्ड चाडोभन्दा चाडो सम्पन्न गर्ने विषयमा मन्त्री यादव र भडलबीच बुधबार विहान छलफल भएको हो ।


तोकिएको समयमा निर्माण व्यवसायीलाई काम सम्पन्न गर्न कडा निर्देशन दिने विषयमा दुई मन्त्रीबीच गहन छलफल भएको भौतिक पूर्वाधार विकास मन्त्री कृष्णलाल भडेलका प्रमुख स्वकीय सचिव समुद्र थापाले जानकारी दिए । तोकिएको समयसीमा भित्र काम सम्पन्न नगरे ठेक्का रद्ध गर्ने विषयमा समेत छलफल भएको थापाले जानकारी दिए ।


दुई मन्त्रीबीच भएको भेटवार्तामा नेपाली कांग्रेस भक्तपुर क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति जीवन खत्री, निर्माण व्यवसायी महासंघका पूर्व महासचिव रामशरण देउजा, राजकिशोर गुप्ता, भौतिक यातायात तथा पूर्वाधार सचिव रबीन्द्रनाथ श्रेष्ठ र सडक विभागका महानिर्देशक अर्जुनजंग थापाकाे उपस्थिति रहेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *