काठमाण्डाैं।इन्धनकाे मुल्य चुल्हाेमा आएर ठाेकिन्छ।जब पेट्राेलियम पदार्थकाे भाउ वढछ-गृहिणी चिढिन्छन। तर,उनीहरू माैन वस्नछन,अरू जस्ताे डाडु पन्याै वाेकेर माइतीघर मण्डलमा प्रहरीसँग वाझ्न आउँदैनन। तर,७० वर्ष यताकाे शासकहरूले अहिलेसम्म यति सानाे कुरा पनि वुझेका छैनन।
इन्धनकाे भाउ वढछ अनि विधार्थी संगठन सडकमा अेार्लिन्छ।कहिले पचास पैसा भाउ घटछ,कहिले सरकारले वास्तै गर्दैन।तर,तिनकै माउ पार्टी देश चलाइरहेकाे दावी गर्छन र पनि जनतालाइ परेकाे मारमा एक शब्द पनि खर्च गर्दैनन।उनीहरू सजिलै याे विषयलाई पचाइदिन्छन । मानाैं इन्धनकाे भाउ वढनु,महंगी वढनु,जनतालाई मार पर्नु उनीहरूकाे सराेकारकाे विषय नै हाेइन।तर,समाजवादकाे स्थापना,वेराेजगारीकाे हल गर्ने वचन भने दिन चुक्दैनन।
नेपालका नेताहरू,सरकार वाेक्रे भाषण गर्ने तर जनताकाे मुद्धामा पटक्कै वास्ता नगर्ने टपरटुइयाँ भइसकेका छन।जनताकाे चाहना र सराेकार एकातिर छ,उनीहरूकाे ध्यान अर्कैतिर छ।यस्तै वेमतलबका कुरा गरेर उनीहरूकाे जुनी खेर गइसक्याे,जनताले घृणा गर्न थालिसके,दलहरू असान्दर्भिक हुन थालिसके तैपनि पार्टी र नेताकाे चेत खुलेकाे छैन।
नेपाल आयल निगमले लगातार इन्धनकाे मुल्य वढाइरहेकाे छ । काेभिडबाट वल्लतल्ल जनता वाचेर उम्किएका छन। अब महंगीले उनीहरूकाे जिवन कष्टकर वनाउन थालेकाे छ । साच्चै भन्ने हाे भने संविधान जाेगायाैं,प्रणाली जाेगायाैं भन्ने नेताहरूले जनताकाे जीवन जाेगाउन किन कसरत नगरेका हाेलान ? उल्टै ,जिवन धान्नै धाै धाै परेकाे जनतालाइ जनतन्त्र,वैज्ञानिक समाजवाद ल्याउँछु भन्ने नेत्र विक्रम चन्दकाे नेकपाले नेपाल वन्द गरिदियाे।नढाँटी भन्ने हाे भने सचेत वर्गले पनि समाजवाद वुझेका छैनन,वैज्ञानिक समाजवाद कतिले वुझेका छन,भन्न कठिन छ । तर,यहि नेकपाले फेरि नेपाल वन्द गरेर कस्ताे खालकाे समाजवाद ल्याउन आटेकाे हाे झन अस्पष्ट छ। हप्ता दिनमा दुइ पटक इन्धनकाे भाउ वढाउने सरकार अनि नेपाल वन्द गरेर सास्ती चाहि जनतालाइ किन ? यदि इन्धनकै भाउ घटाउने हाे भने राजनीतिक पार्टीले दवाव दिने थलाे कुन हाे ? संसदकाे के काम ? सिहदरवारकाे के काम ? अर्थमन्त्रालयकाे के काम ? के सरकारले इन्धनमा लगाएकाे अनावश्यक कर हटाउन मिल्दैन ? दवाव यता किन दिइन्न ? किनभने यहाँ हरेक राजनीतिक दललाइ केही गरे झैं गर्नुछ तर केही गर्नु छैन।अनि,उनीहरूले केही गर्न जानेकाे भनेकै कि नेपाल वन्द गर्न हाे कि सभा गरेर भाषण गर्न।उनीहरूले अझै पनि गहिराे शाेध गरेर रचनात्मक सुझाव दिन जानेकै छैनन।अर्थात हाम्रा दल समाधानमुखी नभइ समस्या र प्रतिक्रियामुखी भइरहेका छन।तर जनता भाषण हाेइन,समाधान खाेजिरहेका छन।




