रिबन

अष्ट्रेलियाले जित्यो टि–२० विश्वकप क्रिकेटको उपाधि

काठमाडौं । टि–२० विश्वकप क्रिकेटको उपाधि अष्ट्रेलियाले जितेको छ ।

न्युजिल्याण्डलाई ८ विकेटले हराउँदै अष्ट्रेलियाले उपाधि जितेको हो । न्युजिल्याण्डले दिएको १७३ रनको लक्ष्य अष्ट्रेलियाले १८ दशमलव ५ ओभरमा २ विकेट गुमाएर भेटाएको हो ।

अष्ट्रेलियाका लागि डेविड वार्नरले ५३ रन बनाए । कप्तान आरोन फिन्च भने ५ रनमा आउट भए । त्यस्तै मिचेल मार्सले सर्वाधिक ७७ रन बनाए । ग्लेन म्याक्सवेलले २८ रन बनाए ।

त्यसअघि पहिला व्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ओभरमा ४ विकेट गुमाएर १७२ रन बनाएको थियो ।

न्युजिल्याण्डका लागि कप्तान केन विलियम्सनले सर्वाधिक ८५ रन बनाए । त्यस्तै डायर्ल मिचेलले ११ रन बनाए । ग्लेन फिलिप्स १८ रनमा आउट भए भने जेम्स निशमले १३ रन बनाए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *