राजनीति

कैलालीका १२५ वडामा कांग्रेसको नेतृत्व चयन, गोदावरी-६ मा विवाद

धनगढी । कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत शनिबारदेखि  कैलालीमा भएको वडा अधिवेसनले जिल्लाका एक सय २५ वडामा नेतृत्व चयन गरेको छ । 

जिल्लाका कुल एक सय २६ वडा मध्ये एक सय २३ वडामा नेतृत्व चयन भएको र दुई वडामा मत गणना जारी छ । एक वडामा बीचैमा मतदान रोकिएको कांग्रेस कैलालीका महाधिवेशन प्रचारप्रचार समिति संयोजक नृप सुनारले बताए ।

उनका अनुसार कैलालीको गोदावरी नगरपालिका–६ मा मतदान प्रक्रिया सुरू भए पनि बीचैमा स्थगित भएको छ । वडाका १६ जनाको नाम बीचैमा कटौति भएपछि मतदान नै रोकिएको उनले बताए । सुरूमा १६ जनाकै नाम क्रियाशील सदस्यको सूचीमा राखिएको तर मतदान गर्दा उनिहरूको नाम नभेटिएपछि विवादका कारण मतदान रोकिएको संयोजक सुनारले बताए ।

सो वडामा वडामा के गर्ने भन्ने विषयमा जिल्ला निर्वाचन समितिले छलफल गरिरहेको उनले बताए । वडा अधिवेशन गर्ने सम्पूर्ण जिम्मा निर्वाचन समितिलाई दिएको भन्दै उनले सो समितिले गरेको निर्णयअनुसारअघि बढ्ने बताए । 
 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *