रिबन

भारतीय कार राैतहटमा दुर्घटना हुदा चार जनाकाे मृत्यु

काठमाण्डाैं । रौतहटमा कार दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । जिल्लाको यमुनामाई गाउँपालिका-५ जुनखुनुवामा शनिबार राति भारतीय नम्बरको कार दुर्घटना हुँदा चार जना पुरुषको मृत्यु भएको हो । युके १२ सी २९०० नम्बरको कार सडक तलको खाल्डोको पानीमा डुबेको छ । कारको सिसा फुटाएर चार जना यात्रुलाई बाहिर निकालेर अस्पताल पुर्‍याइएको थियो । अस्पताल पुर्‍याएलगत्तै डाक्टरहरूले चारै जनाको मृत्यु भएको घोषणा गरेको थियाे ।

मृत्यु हुनेहरू मध्ये दुई जना भारतीय नागरिक रहेका छन । प्रहरीका अनुसार, बिहार बखरी बेतौना भन्ने गाउँका अरुन साह र दिनानाथ साह रहेका छन् । वाँकी दुइजनाकाे सनाखत भएको छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *