काठमाण्डाैं । नेपाली कांग्रेसलेअव भने महाधिवेशनकाे मिति नसार्ने भएकाे छ। पछिल्लो पटक संशोधन गरिएको कार्यतालिका आधारमा नै केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने सहमति शनिवार वसेकाे पदाधिकारी र पुर्वपदाधिकारीकाे वैठकले गरेकाे छ।
पार्टी सभापति शेर बहादुर देउवा निवास बुढानिलकण्ठमा शनिबार बसेको बैठकले मंसिर २४ देखि २६ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने र भाेलि वस्ने केन्द्रिय समितिकाे वैठकले यसैगरि निर्वाचन सम्पन्न गर्न निवार्चन समितिलाइ जिम्मेवारी दिने तय गरेकाे छ ।
बैठकपछि कांग्रेस प्रवक्ता बिश्वप्रकाश शर्माले आइतबार बस्ने पार्टीको केन्द्रीय कार्यसमिति बैठकले पछिल्लो पटक संशोधित कार्यतालिकालाई अनुमोदन गर्ने जानकारी दिए ।
त्यस्तै बैठकमा महाधिवेशन सम्पन्न गर्नका लागि बिभिन्न तयारी समितिहरु पनि गठन गर्ने बिषयमा छलफल भएको र केन्द्रीय समितिले त्यसलाई अन्तिम रुप दिने शर्माले बताए । केन्द्रीय समितिले महाधिवेशनको कार्यतालिका अनुमोदन गरेपनि महाधिवेशनका बिषयमा देखिएका अन्यौलता अन्त्य हुने उनले बताए ।
त्यस्तै यसअघि रोकिएको प्रदेशसम्मको अधिवेशन पनि तोकिएको समयमा नै हुने कांग्रेसले जनाएको छ । क्रियाशील सदस्यता विवादका कारणले ढिलाइ भएका १३ जिल्लाको वडा अधिवेशन पनि शनिबारबाटै सुरु भएको छ । यद्यपि सर्लाहीमा पार्टीका निर्वाचन अधिकृतले राजिनामा दिएका कारण वडा अधिवेशन हुनेमा अन्योल कायमै छ । कांग्रेसको निर्वाचन समितिले कात्र्तिक ११ गते महाधिवेशनको संशोधित कार्यतालिका प्रकाशित गरेको थियो ।




