१,
सम्झना अतीतका पलपल आँखाभरि
बिर्सन नसकिने कसिएको मायाप्रीति
कसरी बिर्सन सक्छु रातभित्र अँगाल्दा ।
२,
समय पर्खिबसे साँझपख मनरोयो
बुझाएँ आफ्नै मन कसोगरी चित्तदुःख्यो
दुखिद अनुहारले खोजिएछ सान्त्वना ।
३,
सकेनौ माया दिन चुपचाप बसिरह्रयाै
सम्झेको बेला तिमी लजाएको हुनुपर्छ
पर्खिएँ लामोसमय सपनीमा रहेछु ।
४,
विश्वास गर्नेलाई घात गर्छौ जानिजानि
कोमल हृदयमा चोटपुग्छ अनायस
हुँदैन पछुताएर बाटो छेक्दै हिंडेछ ।
५,
सम्झेको तिमीलाई मध्यरातमा आफ्नै ठानी
बिर्सन नसकिने भएपछि आफै एक्लै
यौवन साटासाटमा तिम्रो माया मात्तेछ !




