कला/साहित्य

मेरो गाउँघर

चिटिक्कका झुप्राझुप्री टाटीमाटी बार
फूलबारी छेउ खर परालका घर
तुलफूल बारी छेउ गाई भंैसी गोठ
मुस्कानले भरिएका किसानका ओठ ।

टाट्नाभरि बाख्रापाठा खेल्छन् वरपर
रातोमाटो कमेरोले पोतेको छ घर
सिकुवामा छुनुमुनु नानीबाबु साना
परेवीले टिप्ने चारो नाच्तै बलेसीमा ।

मन्दिर र चौतारीले लाग्छ गावै धाम
हरियाली चारैतिर थुम्कामाथि घाम
गाउँघर मिलापका सहयोगी हात
हुरुरुरु जोडाजोडी फिर्ने मेलाबाट ।

हलीगोरु जोत्ने खेत आफ्नै अर्मपर्म
कायाकैरन छिमेकीको श्रम दाम कर्म
सिधासादा गाउँले जुनी कलकल मिठो पानी
स्वर्ग मेरो गाउँघर भाग्गेमानी हामी ।

*                 *                 *

पदम दाहाल
मादी न.पा.– ६, सङ्खुवासभा
हालः लोकन्थली, भक्तपुर

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *