काठमाण्डाैं । भीम रावलले सुदुरपश्चिम प्रदेश कमिटीकाे वैठक वहिष्कार गरेपछि उनकाे वारेमा अनेक लख काटन थालिएकाे छ।गत साता देखि नै माधव नेपालसंग निकट सम्वन्ध वनाइरहेका रावलले सुदुरपश्चिममा एकलाैटी भयाे भनेर मात्र वसेका छैनन,अब चुप नलाग्ने चेतावनी पनि दिएका छन। उनले चुप नलाग्ने त वताए तर के यसपछि उनी पार्टीमा विद्राेह गर्छन ?
रावलले मनपरी ढंगबाट महाधिवेशन प्रतिनिधि चयन गरेकाे भन्दै यसकाे कडा विराेध गरेका छन। अलि अघि दस वुदे कार्यान्वयन कार्यदलकाे संयाेजकबाट राजीनामा दिएका उनले मंगलवार वैठक नै वहिष्कारगरे । अछाममा भएर पनि सुदुरपश्चिममा भएकाे वैठकमा भाग नलिएका उनले कार्तिक २७ गते हुने महाधिवेशन प्रतिनिधि छनाैटका दिनलाइ ध्यानपुर्वक हेर्ने भएका छन।यसवेलामा पनि मनपरी गरिए अर्काे कदम चाल्ने उनकाे तयारी छ ।
खासमा भीम रावलकाे अर्काे कदम के हुन सक्छ ? उनका विकल्प के-के छन ?
नेकपा एमाले भित्र प्रखर वक्ताकाे रूपमा भीम रावल चिनिन्छन तर सुदुरपश्चिम प्रदेशमा उनकाे साथ लागेका कैयाैं नेताहरू शेरवहादुर कुँवरकाे साथ लागेर माधव नेपालतिर लागेपछि रावल निकै कमजाेर भएका छन।एकहिसावले हेर्ने हाे भने उनी सिपाहिविहिन सेनापति भएका छन।रावलकाे साथ नेता कार्यकर्ता कम छन भन्ने थाह पाएपछि नै अध्यक्ष केपी अेालीले उनलाइ पेल्न थालेका छन।रावलले भनेका कुनै पनि कुरा अध्यक्ष अेालीले टेरेका छैनन।यहाँ सम्म कि दस वुदे कार्यान्वयन गर्छु भनेर एकातिर भनिरहदा अर्काेतिर लेखराज भटटलाइ गाडीमा वाेकेर उनी झापासम्म पुगे।रावलाइ अेालीले दिएकाे याे एक सन्देश थियाे। यसरी रावल दिनप्रतिदिन अप्ठयाराेमा पर्न थाले।
यति कुरा रावलले पनि वुझेका छन।यसैकारण रावलकाे पछि लागेका भानुभक्त जाेशी माधव नेपालतिर लागे।अब रावलतिर झपट रावल मात्र छन-जाे दैनिक भासमा फसियाे भन्दै दुखेसाे गर्न थालेका छन।
रावलसंग अब दुइ विकल्प छन।एक,केपी अेालीसंग सम्झाैता गरेर पार्टीमा भाग लिने।
दुइ माधव नेपालकाे दलसंग सम्वन्ध विस्तार गर्ने।
माधव नेपाल निकट स्राेतका अनुसार,नेता नेपाल अन्तत भीम रावल समाजवादीमा प्रवेश गर्छन भन्ने छ।अब हेर्नुछ-भीम रावल कता जान्छन ?




