काठमाण्डाैं । नेपाली कांग्रेसकाे महाधिवेशन नजिकिदै जादा पार्टीकाे पाैडेल समुह भनेर चिनिएकाे रामचन्द्र पाैडेल खेमामा विभाजन देखिएकाे छ। सभापित शेरवहादुर देउवालाइ पराजित गर्ने भनेर खडा भएकाे पाैडेल समुहका नेताले नै नेता रामचन्द्र पाैडेललाइ नेता मान्न नसकिनेवताएका छन।साेमवार नेपाली कांग्रेसका पुर्वमहामन्त्री प्रकाशमान सिहले पाैडेललाइ अब नेता मान्न नसकिने वताए।उनले पाैडेलले नेपाली कांग्रेसकाे १४ औं महाधिवेशनमा सभापति भएर चलाउन नसक्ने वताए।उनले सभापति शेरवहादुर देउवाले पनि अब नेतृत्व त्याग्नुपर्ने वताए।
कांग्रेसले मंसिर २४ देखि २६ सम्म काठमाडौंमा महाधिवेशन गर्दैछ। सिन्धुलीमा भएकाे कार्यक्रममा सभापति पदमा आफूलाई अगाडि सारेका सिंहले अव नयाँ पुस्ताले मात्र सभापति भएर पार्टी हाँक्न सक्ने वताए। सिहले यसरी खुलेर वाेलेपछि अब पाैडेल समुह विभाजित भएकाे वुझन कठिन छैन।उनले लगातार पाैडेललाइ नै चुनाैती दिएपछि महाधिवेशनबाट पाैडेल बाहिरिएकाे हाे कि भन्ने संकेत मिलेकाे छ।




