काठमाडौं । बागमती प्रदेशको प्रदेशसभाको बैठक भोलि बस्ने भएको छ । भोलि बस्ने बैठकमा मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले विश्वासको मत लिने भएका छन् ।
मुख्यमन्त्री पाण्डेले प्रदेश सभाबाट विश्वासको मत लिने प्रयोजनका लागि अपरान्ह ३ बजे प्रदेश सभाको बैठक बोलाइएको हो ।
पाण्डे कात्तिक ११ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार उनले विश्वासको मत लिन लागेका हुन् ।




