रिबन

वावुराम माथि केपीकाे हमला-छाेरी वेलायत पढाउने खर्च कहाँबाट आयाे ?

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी अेालीले जनता समाजवादी पार्टीका नेता डा.वावुराम भटटराइ माथि हमला गरेका छन।

आइतवार राजधानीमा भएकाे कार्यक्रममा वाेल्दै उनले वावुरामकाे आम्दानीकाे स्राेत खाेजेका छन।उनले भुमिगत हुदा छाेरी कसरी वेलायतमा पढाउनुभयाे ? भनेर सवाल साेधेका छन।केपीले सभामा वाेल्दै भने-हामी पासपाेर्ट वनाउन धाै धाै थियाे,तपाइले बच्चा नै विदेशमा पढाउनुभयाे। कसरी ?

अध्यक्ष अेालीले विदेश पढाउन लाग्ने हिसावकिताव पनि निकालेका छन।उनले वेलायतमा पढाउन कम्तिमा ४-५ लाख खर्च लाग्ने भन्दै याे खर्च कहाँबाट आउँथ्याे ? भनेर पनि साेधेका छन।

पछिल्ला दिनमा केपीलाइ प्रहार गरिरहेका वावुरामलाइ अेालीले अचानक हमला गरेर उनका सादगी र सरलपन प्रति प्रश्न गरेका छन।उनले वच्चा पढाउन लाग्ने खर्चकाे हिसाव मागेर बाबुराम वाहिर देखिए जस्ताे साधु नभएकाे वताएका छन।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *