काठमाण्डाैं । प्रहरीले भक्तपुरबाट १२ लाख नगद सहित १५ जुवाडे पक्राउ गरेकाे छ । चाँगुनारायण नगरपालिका–८ सुडाल पुरीगाँउबाट जुवाडे पक्राउ गरिएकाे हाे । उनीहरू स्थानीय मणि राम पुरीकाे घरमा जुवा खेलिरहेका थिए । प्रहरीले उनीहरूकाेसाथबाट १२ लाख ४३ हजार ७८० रूपैया वरामद गरेकाे छ । पुरीले यसअघि पनि वारम्वार यसरी जुवा खेलाएकाे प्रहरीकाे भनाइ छ ।
पक्राउ पर्नेहरूमा ५२ वर्षीय मणिराम पुरी , जुवा खोल्ने २५ वर्षीय सुशील खत्री, २८ वर्षीय चन्द्रशेखर खत्री, ३३ वर्षीय नवराज खत्री, ५१ राजन कार्की, ४२ वर्षीय चिरञ्जीवी फुँयाल, ३० वर्षीय जनक खत्री, ४३ जीवन श्रेष्ठ, ३७ वर्षीय परमेश्र थापा, ३८ वर्षीय प्रेमकुमार विक, ४५ वर्षीय सरोज भण्डारी, ३९ विनोद तिमिल्सिना, ३५ वर्षीय विकास लामा, ३८ वर्षीय रुपेश न्याजु र काठमाडाैं गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटीका ५० वर्षीय रामु भण्डारी रहेका छन । प्रहरीले पक्राउ पर्ने नेता र पत्रकार पनि रहेकाे जनाएकाे छ ।




