काठमाण्डाैं । भदाै १८ गते देखि वडा अधिवेशन थालेपछि सवै जिल्लामा अझै अधिवेशन गरिनसकेकाे नेपाली कांग्रेसले छठपछि यसलाइ तिव्रता दिएकाे भएकाे छ । कांग्रेसकाे प्रदेश नम्वर २ का ८ सहित १३ जिल्लामा वडा अधिवेशन अझै भएकाे छैन ।
प्रदेश नम्वर २ काे सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा गरि ८ जिल्लामा कांग्रेसकाे वडा अधिवेशन भएकाे छैन। यस्तै वागमती प्रदेशकाे रसुवा, लुम्बिनी प्रदेशकाे वाँके, कर्णाली प्रदेशकाे सुर्खेत, डोल्पा र सुदुरपश्चिम प्रदेशकाे कैलालीमा वडा अधिवेशन हुन सकेकाे छैन । रसुवा र रौतहटमा क्रियाशील सदस्यता सम्वन्धी विवाद नै टुंगिएको छैन।
यही कात्तिक २७ गते बाँकी रहेका जिल्लाका वडा अधिवेशन गर्ने गरी केन्द्रीय निर्वाचन समितिले कार्यतालिका जारी गरेको छ। यसअघि कांग्रेसले ६४ जिल्लामा वडा अधिवेशन गरिसकेको छ। साथै २१ हिमाली जिल्लामध्ये १३ जिल्लामा कांग्रेसले जिल्ला अधिवेशन गरेर नयाँ नेतृत्व ल्याइसकेको छ भने बाँकी ८ जिल्लामा पनि छठलगत्तै जिल्ला अधिवेशन गर्ने तयारी छ। हिमाली जिल्लामा अधिवेशन गराउनका लागि निर्वाचन अधिकृत तोकिइसकेका छन्।
कांग्रेसले केन्द्रीय महाधिवेशन भने मंसिर २४ देखि २६ सम्म गर्ने भनेर नयाँ तालिका सार्वजनिक गरेकाे छ ।




