काठमाण्डाैं । नेकपा एमालेका उपाध्यक्ष भीम रावल पछिल्लाे समय एकिकृत समाजवादीका अध्यक्ष माधव नेपालसंग सम्पर्कमा रहन थालेका छन।एमाले विभाजन गरि नयाँ दल गठन गर्ने बेलामा माधवलाइ धाेका दिएका रावल एमालेमा एक्लाे परेपछि पुन माधवसंग सम्पर्कमा रहन थालेका हुन।
सुदुरपश्चिमकाे इन्चार्ज पाउने भएपछि एमालेमै रहेका रावलकाे पछिल्लाे समय नेकपा एमाले अध्यक्ष केपी अेालीसंग दुरी झन वढदै गएकाे छ।यसैकारण उनले दस वुदे कार्यान्वयन कार्यदलबाट समेत राजीनामा दिइसकेका छन।पहिलाे चरणमा अर्न्तसंघर्ष चर्काउने र अन्तत माधव नेपालकाे दलमा नै जाने उनकाे साेच रहेकाे वुझिएकाे छ।
माधव नेपाल स्राेतका अनुसार,यसविचमा माधव नेपाल र भीम रावलकाे धेरै चरणका सम्वाद भइसकेकाे छ।याे वार्तालापबाट माधव नेपालले भीम रावल समाजवादीमा अाउनेमा ढुक्क देखिन्छन।
माधव नेपालकाे दलकाे तर्फबाट रावल मात्र नभइ घनश्याम भुषालसंग पनि सम्वाद भइसकेकाे छ तर भुषालले भने प्रष्ट जवाफ दिएका छैनन।तर भुषाल केपी अेालीबाट पार्टी चल्दैन भन्ने निष्कर्षमा पुगेका छन।तर उनले माधव नेपाललाइ पनि भराेसा गरेका छैनन।तरपनि उनीसंग पनि वार्तालाप जारी रहेकाे वताइएकाे छ।




