काठमाण्डाैं । एमसिसिले फेरि एक पटक सत्ता राजनीति तातिएकाे छ।अलि समय सेलाएकाे याे विषय जव प्रधानमन्त्री शेरवहादुर देउवा विदेश भ्रमण वाट फर्किए अनि फेरि तातिएकाे छ।
सूत्रमा वाेल्दछन,प्रधानमनत्री देउवा । धेरै वाेल्दैनन।जति हाे,उति टवाक्क वाेल्ने उनकाे वानी छ।नेपालका कम्युनिष्ट नेताहरू जस्ताे दुइ घण्टालामाे भाषण गरेर समय विताउने उनकाे वानी छैन।र,वाेलेकाे कुरा पुरा गर्ने उनकाे वानी छ।
उनै देउवाले वेलायतबाट फर्किएपछि एमसिसिकाे वारेमा वाेलेकाे एक वाक्यले अहिले नेपाल तरंगीत भइरहेकाे छ।उनले प्रचण्डसमेतले हस्ताक्षर गरेर एमसिसि पास गर्ने गरि पत्र लेखेकाे वताइदिए।उनले यस्ताे वाक्य वाेलेकाे भाेलिपल्ट नै सत्ता घटककै प्रमुख नेता पुष्पकमल दाहाल प्रचण्डले पत्र पठाएकाे तर पास गर्ने कुनै कुरा नभएकाे वताए।उनले गठवन्धनमा सहमति पछि मात्र एमसिसि पास गर्ने नगर्ने वारेमा कुरा हुने वताए।
यसपछि सवाल उठेकाे छ-देउवाकाे कुरा साचाे हाे कि प्रचण्डकाे ? उसाे त यी दुइले पठाएकाे पत्र अझै सार्वजनिक भएकाे छैन।यस्ताेमा काे साचाे र काे झुठाे भनेर भन्न कठिन छ । तर,दुवै नेताले पत्र पठाएकाे स्विकार गरेका छन।अब मात्र यसकाे बेहाेराकाे वारेमा मात्र विवाद छ।एमसिसिकाे वारेमा लेखिएकाे पत्रकाे बेहाेरामा जानु भन्दा पहिला एउटा कुरा वुझन जरूरी छ।
पुष ५ गते केपी अेालीले संसद विघटन गरेपछि राजधानीमा तिव्र गतिकाे विराेध र सभा भएकाे थियाे।यस्तै विराेध भएकाे एउटा ठाउँ थियाे-ललितपुरकाे पुल्चाेक। माअेावादी नेतृ पम्फा भुषाल सहितकाे सानाे झुण्डमा ट्रयाक सुट लगाएका प्रचण्ड पनि सामेल थिए।प्रतिगमनकाे विराेध गर्न गरिएकाे सभामा अचानक नारा लाग्याे-एमसिसि मुर्दावाद। याे नारा सुन्ने वित्तिकै प्रचण्ड केहि हच्किए।उनले पम्फा भुषाललाइ कानेखुशी गरे र अचानक नारा मत्थर भयाे र प्रचण्ड विचैमा हिंडे। याे घटना र अवस्थालाइ के भनेर वुझने ?
नेपालमा यसपछि पनि अनेकाैं पटक एमसिसि विरूद्ध नारा लागे,विराेध भए ।तर,पछिल्ला दिनमा एमसिसिका विपक्षमा वाेल्ने जति मानिस थिए,अब पक्षमा वाेल्ने पनि देखा पर्न थालेका छन,त्याे पनि प्रखर रूपमा।यसकाे विराेध भइरहेकाे छ तर यसकाे पक्षमा प्रधानमनत्री शेरवहादुर देउवा स्वयम वाेलिरहेका छन। कांग्रेसका केही युवा यसकाे विपक्षमा वाेल्दा लाेकप्रिय भइन्छ भनेर विपक्षमा वाेल्दैछन । तर,पछिल्ला दिनमा डा.वावुराम भटटराइ देखि एमालेका नेताहरूसम्म यसकाे पक्षमा वाेल्न थालेका छन।यहि कारण हाे पछिल्ला दिनमा एमसिसिका वारेमा हिजाे जुन स्तरकाे विराेध थियाे-अहिले मत्थर छ।
यसलाइ सहज पार्न सरकारले ११ वुदामा एमसिसिलाइ प्रश्न गरयाे जसकाे उत्तर एमसिसिले दिइसकेकेा छ।
माअेावादी देखि माधव नेपालकाे दल एकिकृत समाजवादी सम्मले एमसिसिका केही वुदा संशाेधन भएमा पास गर्न सकिने वताएका छन।अर्थात उनीहरू यसकाे पुर्ण विराेधमा छैनन । यहिवेलामा कम वाेल्ने देउवाले एमसिसि पास गर्ने वताएका छन।र,यसलाइ किमार्थ पास गर्न सकिन्न भन्ने प्रचण्डहरू संशाेधनसहित पास गर्ने ठाउमा पुगेका छन।
कुनैवेला वाम राजनीति गरेका हाल जसपामा रहेका डम्वर खतिवडाले लेखेका छन-प्रचण्डमा ठुलै भ्रम रहेछ-एमसीसीकाे विराेध गरे भाेट पाईएला भन्ने।उहिले बामदेव गाैतमले यस्तै भ्रममा एमाले फुटाएर माले बनाए,महाकाली सन्धीकाे विराेध गर्दा भाेट पाउँने आशामा।अन्तर्राष्ट्रिय सन्धीसम्झाैता बुझेर भाेट हाल्ने हाम्रो स्तर बनिसकेकाे छैन।ठीक,बेठीक, तथ्य सत्य हेराै, भाेट हैन।




