काठमाडौं । आज भाइटीका । दिदीबहिनी हुनेहरुले आफ्नै दिदी बहिनीका हातबाट भाइटिका लगाएका छन् ।

दिदीबहिनी नहुनेहरु र कामविषेशले उपत्याकामा रहेकाहरुले काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा टिका लगाएका छन् ।

हरेक वर्षको तिहारका दिनमात्रै खुला हुने बालगोपालेश्वर मन्दिर भूकम्पपछि पुर्ननिर्माण गरेर चिटिक्क पारिएको छ । रानीपोखरीमा बिहानैदेखि भाइटीका लगाउनेको घुँइचो रहेको छ ।





