रिबन

भाइटिका : भाइलाइ लगाइदिनुस ल्वांगकाे माला

काठमाण्डाैं । भाइटिकामा मखमली लगाउने चलन पुरानै हाे । यमपञ्चकमाे पाचाैं दिन भाइपुजा गर्दा दिदीवहिनीले कहिल्यै नअेाइलाउने मखमली माला लगाइदिने चलन छ।मखमली मालासंग यमराजकाे सम्वन्ध पनि छ।वहिनी यमुनाले भाइ यमराजलाइ वाचा वन्धनमा वाधेर मखमली माला लगाउने चलन चलाइन।

तर,कुरा यति मात्र हाेइन।दशैं जसरी दुर्गा भवानीकाे उपासना हाे भने तिहार लक्ष्मीकाे उपासना हाे।धनतेरस देखि भाइपुजासम्म लक्ष्मीकाे पुजा गरिन्छ।

लक्ष्मीलाइ असाध्यै मन पर्ने वस्तुमा ल्वांग पर्दछ।यसैले लक्ष्मीपुजा गर्दा ल्वांग अनिवार्य मानिन्छ।यसैकारण भाइपुजा गर्दा पनि मखमली मालाकाे अतिरिक्त ल्वांगकाे माला अनिवार्य छ।याे माला लगाउँदा लक्ष्मी अति प्रशन्न हुन्छिन। तर,नेपालमा भाइपुजा गर्ने तर मखमली र सयपत्री माला लगाइदिने चलन चल्न थालेकाे छ।विर्सदै गएकाे ल्वांगकाे माला लगाउनाले लक्ष्मी प्रशन्न हुने भएकाेले यसपाली टिका लगाउदा ल्वांगकाे माला नछुटाउनु हाेला।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *