रिबन

योगेशले कसको टाउकोमा हाने ?

काठमाण्डौं । नेकपा एमालेका युवा नेता योगेश भटटराइको एउटा सानो भनाइले हंगामा भएको छ । विहिवार विहानै उनले लेखेको एक वाक्यले धेरै कुरा वोलेको छ । उनले भनेका छन– घुँडामुनी हानेको त टाउको मै लागेछ की के हो रु मित्रहरु खुब छटपटाउन र बरबराउन पो थाले त !
गत हप्ता भरि विरामी भएर सुतेका भटटराइ वल्ल उठेर हिडन थालेका छन । विरामी निको भएर उठने वित्तिकै उनले घुँडामुनि हानको तर टाउकोमा लागेछ कि भनेर प्रहरीको भाषामा वोलेका छन । प्रहरीलाइ कुनै पनि अपराधी वा अभियुक्तलाइ गोली चलाउने त अधिकार छ तर पहिला सचेत गराउनुपर्ने,यति पनि नभए हवाइ फायर,यसले पनि नभए घुँडामुनि गोली हान्नुपर्ने निर्देशन हुन्छ ।

योगेशले ठयाक्कै यहि वोली टिपेका छन । कहिलेकाहीं गलत निशाना भएर घुडामुनि भनेर हान्दा टाउको वा छातीमा गोली लागेको उदाहरण भेटिन्छ ।यसो हुदा अभियुक्तको निधन हुने गर्दछ । योगेशको कुन वोलीले को ठहरै भयो ? कुरा खुलेको छैन । तर,उनको वोलीको चर्चा भने खुव छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *