काठमाडाैं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले राती ९ बजेभन्दा पछि देउसी–भैलो खेल्ने नदिने निर्णय गरेको छ । प्रशासनले स्वास्थ मापदण्ड अपनाएर तोकिएको अवधिमा देउसी–भैलो खेल्न तथा पूजा पाठलगायत क्रियाकलाप गर्न भने दिने भएकाे छ ।
जिल्ला प्रशासन कार्यलयले मंगलबार यस्ताे सूचना जारी गर्दै तोकिएभन्दा विपरीत कार्य गरिएको पाइए कानून बमोजिम कारबाही गर्ने चेतावनी पनि दिएको छ ।





