रिबन

विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषदलाई पूर्णता दिन्छौं : मुख्यमन्त्री राजेन्द्र राई

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले पहिले विश्वासको मत लिएर मात्र मन्त्रिपरिषदलाई पूर्णता दिने बताएका छन् । मंगलबार पद तथा गोपनीयताको शपथ लिएपछि पत्रकारहरुसँग कुरा गर्दै मुख्यमन्त्री राईले पहिले विश्वासको मत लिने त्यसपछि मात्र मन्त्रिपरिषद विस्तार गर्ने बताएका हुन् ।

आफूले आगामी २५–२६ गतेसम्ममा विश्वासको मत लिने उनले बताए । ‘पहिले हामी विश्वासको मत लिने काम गर्छौं, त्यसपछि कामको आवश्यकताको हिसाबले, गठबन्धनको आवश्यकताको हिसाबले मन्त्रालयको संख्या बढाउनुपर्नेछ’ उनले भने ।

यस्तै उनले अब प्रदेश सरकारले अर्को बजेट ल्याउने वा नल्याउनेबारे सत्तारुढ गठबन्धन र मन्त्रिपरिषदमा छलफल हुने बताए । योजना छनोटमा भूमिका नभएकाले सांसदहरु निरीहजस्तो देखिएको भन्दै त्यसलाई सम्बोधन गर्ने उनको भनाई छ ।

यस्तै उनले मुख्यमन्त्री राईले प्रदेशको नामकरण टुंगो लगाउने प्राथमिकतामा रहेको बताएका छन् । मुख्यमन्त्री राईले राम्रो गर्ने, नराम्रो नगर्ने र नाम राख्ने प्राथमिकतामा रहेको बताए । ‘राम्रो गर्ने, नराम्रो नगर्ने, नाम राख्ने, काम गर्ने प्राथमिकता हो,’ उनले भने, ‘प्रदेशले नाम पाउन सकेका छैन । त्यो हामी दिन्छौं ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *