काठमाण्डौं । पुर्वराष्ट्रपति डा.रामवरण यादवले प्रदेश प्रति असहमति जनाएका छन । आफैले जारी गरेको संविधानमा उल्लेख भएको सात प्रदेश प्रति उनले सार्वजनि मञ्चबाट नै असहमति जनाएका हुन । वीपी कोइरालाको वारेमा लेखिएको पुस्तक विमोचन गर्दै उनले सात प्रदेशमा कसैले पनि आफुलाइ कन्भिंस गर्न नसक्ने वताए । कांग्रेस नेता गोविन्दराज जोशीले आयोजना गरेको कार्यक्रममा निर्धक्क वोल्दै उनले भने–सात वटा प्रदेश वाडेको मलाइ चित्त वुझेको छैन ।
उनले किन चित्त वुझेको छैन भनेर पनि खुलाएका छन । उनले उदाहरण दिदै भनेका छन–पाच नम्वर प्रदेशलाइ रोल्पा र रुकुमसंग जोडनु भएको छ । दुइ नम्वर प्रदेश सिन्धुली, ओखलढुंगा देखि कहि केही जोडिएको छैन । विचमा मात्र यसलाइ राखिएको छ । मलाइ कसरी चित्त वुझाउनुहुन्छ ? उनको विचारमा प्रदेश वनाउदा पुर्वपश्चिम नभइ उत्तर दक्षिण वनाउनुपर्छ ।




