रिबन

मुख्यमन्त्री शाहीको राजीनामा तयार, ‘माथि’को निर्देशन कुर्दै

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही राजीनामा दिने तर्खरमा छन् । उनले राजीनामा पत्र समेत तयार पारेका छन् ।

शाही नेतृत्वको सरकारमा रहेका तीन मन्त्रीको पदावधि आज सकिन लागेसँगै मुख्यमन्त्री शाहीले राजीनामा दिने तयारी गरेका हुन् ।

शाही नेतृत्वको सरकारमा भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री अम्मरबहादुर थापा, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाही र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाको पदावधि आज सकिन लागेको हो ।

तीन मन्त्रीको पदावधि सकिनासाथ मुख्यमन्त्रीले समेत राजीनामाको तयारी गरेको स्रोतको भनाइ छ । मुख्यमन्त्री निकट स्रोतका अनुसार, राजीनामा दिने तयारीमा रहेपनि ‘माथि’को निर्देशन आएको छैन ।

ती स्रोतले भन्यो, ‘पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग के गर्ने भन्ने विषयमा मुख्यमन्त्रीको छलफल भएको छ । तर, अहिलेसम्म कुनै निर्देशन नआएकाले राजीनामा दिने विषय टुंगो लागिसकेको छैन ।’

अपरान्ह ५ बजे मन्त्रिपरिषद बैठक राखेर मुख्यमन्त्री शाहीले राजीनामाका लागि तयारी भने गरिसकेको स्रोतको भनाइ छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *