रिबन

यसरी सातै प्रदेशमा एमाले वढारियाे

काठमाण्डाैं । मुख्यमन्त्री वनेकाे ६५ दिन पछि प्रदेश १ बाट एमाले नेतृत्वकाे सरकार ढलपछि अब भने सात वटै प्रदेशबाट एमाले वढारिएकाे छ।साेमवार मुख्यमन्त्री भीम आचार्यले समेत राजीनामा दिएपछि अब कुनै पनि प्रदेशमा एमालेकाे सरकार छैन।उनी गत भदाै १० गते मुख्य मन्त्रीवनेका हुन।

नेकपा एमाले र नेकपा माअेावादी केन्द्र मिलेर वनेकाे नेकपाकाे नेतृत्वमा सात प्रदेश मध्ये ६ वटा प्रदेशमा कम्युनिष्ट सरकार वनेकाे थियाे तर केन्द्र सरकार ढलेपछि प्रदेशका सवै सरकार ढलेर अब एमाले पुरै प्रतिपक्ष भएकाे छ।

नेकपा विभाजनकाे असर यति परेकाे छ कि अब केन्द्र देखि प्रदेशसम्म एमाले गुमाउने वाहेक अर्काे कुनै काम गरेकाे छैन। हालै मात्र वागमती प्रदेशमा राजेन्द्र पाण्डे मुख्य मन्त्री भएका छन भने प्रदेश १ मा राजेन्द्र राइ मुख्यमन्त्री हुनेछन।प्रदेश १ काे सरकार ढलेसंगै एमालेकाे सरकार अव कहिं पनि रहेकाे छैन।

वागमती प्रदेशी अष्टलक्षमी शाक्य र प्रदेश १ का भीम आचार्य माधव नेपालकाे प्यानल छाडेर केपी अेालीतिर लागेपछि मुख्यमन्त्री पद पुरस्कार स्वरूप पाएका थिए।शाक्य ८० दिन भन्दा बढी र आचार्य ६५ दिन मुख्यमन्त्री भएर चलाए । उनीहरू केही महिना मुख्यमन्त्री त भए तर न जनताकाे नजरमा,न एमालेकाे नजरमा न माधव नेपालकाे नजरमा नै उनीहरू इमान्दार देखिए।

नेकपा हुदा नै माधव नेपालले आफनाे समुहबाट शाक्य र आचार्यलाइ मुख्य मन्त्री वनाउन प्रस्ताव गरेका थिए तर अध्यक्ष अेालीले मानेनन । तर जब एमाले फुटयाे तब अेालीले तिनै पात्रलाइ मुख्यमन्त्री वनाए।राजनीतिक विश्लेषकहरू अेालीले माधव नेपाल रहितकाे पार्टी वनाउन सफल भएपछि वाँकी नेताहरूलाइ राेजेकेा पद दिएकाे ठानेका छन तर यसाे गर्दा पनि उनले भीम रावललाइ भने न इन्चार्ज दिएका छन न दस वुदे नै कार्यान्वयन गरेका छन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *