काठमाण्डाैं । नेपाली कांग्रेसका नेता डा.शेखर काेइराला युवा नेता गगन थापासंग सहकार्य गरेर पार्टी महाधिवेशन लडने पक्षमा छन। गगन स्वयमले पनि एक्लै महामन्त्री लडने घाेषणा गरेका छन तर उनले खुलेयाम रूपमा कुन प्यानलबाट महामन्त्री लडने भनेर खुलेका भने छैनन।अघिल्लाे महाधिवेशनमा महामन्त्री लडेका गगन यसपटक पनि महामन्त्री घाेषणा गर्न हतारिए।अघिल्लाे पटक कृष्णप्रसाद सिटाैला समहुबाट महामन्त्री लडेका गगन यसपटक साेही समुहबाट लडछन कि अर्काे समुहबाट भन्ने प्रश्न छ। तर,सिटाैलासंग मन्त्री नवनाएपछि टाढिएका गगनले हतार गरेर महामन्त्रीकाे घाेषणा गरेका छन।उनले यसाे गर्दा उनकाे नाम डा.शेखर काेइरालासंग जाेडिएकाे छ।काेइराला समहु जसरी पनि सभापतिमा लडने र जवरजस्त टक्कर शेरवहादुर देउवासंग हुन्छ भनेर अडकल काटेर वसेकाे छ।तर,यसाे गर्दा के गगन थापा डा.शेखरसंगै रहन्छ ? भन्ने प्रश्न पनि छ।
शेखर र गगनविच लामाे कुराकानी र कसरत याे विचमा भएकाे छ।तर,चञ्चल स्वभावका गगन कता ढल्कन्छन भन्ने कुरा स्वयम शेखर पनि कन्भिंस हुन सकेका छैनन।उनले निकटस्थसंग कुरा गर्दा गगनकाे चाहना के छ भनेर वुझन थालेका छन।तर गगने भने अहिलेसम्म सार्वजनिक रूपमा मुख खाेलेका छैनन। डा.शेखर यसकारण पनि सशंकित छन कि उनले हालै मात्र पनि म सिटाैला समुमा नै छु भनेका छन।यति मात्र हाइन,सिटाैला मन्त्री वनाउने विषयमा डाकेकाे समुगत भेलमा गगन पुगेका थिए।उनले त्यहाँ पुगेर मन्त्री हुने चाहना समेत राखेका थिए।




