कर्णाली प्रदेश

कर्णालीका ३ मन्त्री आजबाट स्वतः पदमुक्त हुँदै

काठमाडौँ । कर्णाली प्रदेश सरकारका तीन जना मन्त्री आज पदमुक्त हुँदै छन् ।

नेकपा (एकीकृत समाजवादी)मा रहेका भौतिक पूर्वाधार मन्त्री अम्मरबहादुर थापा, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीको पदावधि आजबाट सकिन लागेको हो । प्रदेशसभा सदस्य नरहेको व्यक्ति बढीमा ६ महिनासम्म मात्र मन्त्री हुन पाउने भएकाले उनीहरु तीनै जना स्वतः पदमुक्त हुन लागेका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *