विराटनगर । प्रदेश नम्बर एकको सरकार सोमबार ढल्ने निश्चित भएको छ ।
सोमबार बस्ने प्रदेशसभा बैठक बोलाइएको ट । जुन बैठकमा अहिलेका मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिदैछन् । आइतबार बसेको विपक्षी गठबन्धनको बैठकले नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईलाई नयाँ मुख्यमन्त्रीका रुपमा प्रस्ताव गर्ने निर्णय गरेको छ ।
बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका नेता सहभागी थिए ।
विपक्षी गठबन्धनको निर्णयपछि कार्तिक ७ गते विश्वासको मत लिने प्रस्ताव पेश गरेका मुख्यमन्त्री आचार्यको पद सोमबार जाने निश्चित भएको हो । प्रदेश नम्बर एकमा ९२ जना सांसद रहेकोमा एमालेका ४१ जना मात्रै सांसद छन् ।
बहुमतका लागि ४७ जना सांसद आवश्यक पर्नेमा विपक्षी गठनबन्धनमा कांग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ सांसद छन् ।
एमाले नेतृत्वको एउटा मात्रै बाँकी रहेको प्रदेश सरकार समेत अब गुम्ने भएको छ । यसअघि बाग्मती, गण्डकी र लुम्बिनि प्रदेश सरकारको नेतृत्व समेत एमालेले गुमाइसकेको छ ।




