काठमाण्डाैं । प्रधानमन्त्री शेरवहादुर देउवाले देश छाडने वित्तिकै नेकपा माअेावादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस विरूद्ध मुख खाेलेका छन।
शुक्रवार अध्यक्ष दाहालले कांग्रेसले गुण विर्सिएकाे वताएका थिए।देउवालाइ मरिहत्ते गरेर प्रधानमन्त्री वनाएकाे वताएका दाहालले चितवन कांग्रेसले भने माअेावादी विरूद्ध वाेलेर वेइमानी गरेकाे वताएका थिए। चितवन कांग्रेसका नेताहरूले माअेावादीसंग कुनै हालतमा गठवन्धन गर्न नसकिने वताएका थिए।
दाहालले वाेलेकाे भाेलिपल्ट अर्थात शनिवार जसपा अध्यक्ष उपेन्द्र यादवले पनि अप्रत्यासित रूपमा मुख खाेलेका छन।पार्टीभित्रै तनाव भएर लुक्दै हिडेका यादवले शनिवार कांग्रेससंग सहकार्यक गर्नु कठिक रहेकाे वताएका छन।उनले कग्रेस ठिक नभएकाे वताएका छन।
तर,उनले याे अभिब्यक्ति त्यतिवेला दिएका छन जतिवेला उनै प्रचण्डले जसपालाइ मधेशमा पुगेर अव एकता गराैं भनेर प्रस्ताव गरेका छन।उनकाे याे प्रस्तावमा जसपाका नेता डम्वर खतिवडाले कडा प्रतिक्रिया दिएका छन।उनले भनेका छन-एकता गर्न सकिन्छ तर पार्टीकाे नाम समाजवादी राखाैं । उनकाे याे भनाइलाइ जसपा नेता डा.वावुराम भटटराइले पनि समर्थन गरेका छन।
तर राेचक पक्ष के छ भने जब देउवा काठमाण्डाैंमा थिए-तब माअेावादी र जसपाका कुनै नेता वाेलेका थिएनन जब उनी लन्डन पुगे तब कांग्रेस विरूद्ध मुख खाेल्ने क्रम सुरू भएकाे छ। यसकाे कारण के गठवन्धन टुटदैछ ? वा टुटने संकेत हाे ? वा चुनाव नजिकिएकाे संकेत हाे ?
खासमा भन्ने हाे भने दलहरूला चुनाव लागिसकेकाे छ।यतिवेला एमाले देखि जसपासम्म चुनावी दाैडमा छन।तर,पार्टी फुटेर क्षतिविक्षत भएकाे जसपा र माधव नेपालकाे दल एकिकृत समाजवादीलाइ संगठन निर्माण गर्न समय लाग्ने भएकाेले उनीहरू चुनाव लम्ब्याउने पक्षमा छन।यहि धुनमा माअेवादी पनि छ। तर कांग्रेस र एमाले अगाडि नै चुनाव भए हुन्थ्याे भन्नेमा छन। नजिकिएकाे चुनाव र चुनावमा अन्य दलसंग गठवन्धन नगर्ने कांग्रेसका केही नेताहरूकाे जवाफ पछि मधेशमा मत वटुल्न उपेन्द्र यादवले र अरू भन्दा फरक देखिन माअेवादीले मुख खाेल्न थालेका छन।तर पनि यसवारेमा खुलेर छलफल देउवा नफर्किउन्जेल हुनेछैन।




