कला/साहित्य

पुष्कर लोहनीका हाइकु

१,
जिस्कने जून
कोट्याउँदै भागेछ
बादलै च्यातेर ।
२,
गहिरो खोला
झिँङे माछो उफ्रिँदा
झरेको पात ।
३,
कुवाको पानी
भरिएको सपना
मन चुहिँदा ।
४,
सम्झिँदा झर्छ
चाउउरिएको बैँस
गलेको खुट्टा ।
५,
कुरुप मन
भित्रै छिर्न खोजेको
कोतर्ने बानी ।
६,
हिलोको थुप्रो
छिर्न खोजेथ्यो माछो
ठोकिँदा चिप्लो ।
७,
मीठो आवाज
पग्लिएको सम्झना
झरेको छाया ।
८,
फूल फुल्नु हो
आँखा नै लोभी हुँदा
दोषी कुन्नि को ।
९,
सिद्धपोखरी
ढलभित्र पसेछ
तर्सेको माछो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *