काठमाण्डौं । वेलायतको एक हप्ता लामो भ्रमणमा निस्केका प्रधानमन्त्री शेरवहादुर देउवाले आफु वदलिएको सन्देश र संकेत दिएका छन । शुक्रवार त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट विमानस्थल जाँदा उनले यो संकेत गरेका हुन ।
साधारण पोजमा हिडेका देउवा विमानस्थलमा पुगेपछि विगतमा झैं भिभिआइपी कक्ष हुदै विमानस्थलसम्म पुगेनन । उनी साधारण कक्षबाट नै विमानस्थल गएका छन । विमानस्थलमा भिभिइपीको लागि अति विशिष्ट कक्ष राखिएको भएपनि उनी साधारण कक्षबाट नै विमानस्थल गएका हुन । जलवायु परिवर्तनको कोप २६ मा भाग लिन कतार एयरवेजबाट वेलायत जादा उनको साथमा २० जना प्रतिनिधि मण्डलका सदस्य छन ।
कतिपय यो टोली ठुलो भयो भनेर आलोचना गरेपनि उनले विदेश जादा भने सादापनलाइ ध्यान दिएको देखिन्छ । उनी हप्ता दिन वेलालयतमा रहदा सरकारको जिम्मेवारी वालकृष्ण खाँणको नेतृत्वमा रहनेछ भने पार्टीको जिम्मा विमलेन्द्र नीधिलाइ दिइएको छ । पाचौं पटक प्रधानमन्त्री भएपछि देउवाको यो पहिलो विदेश भ्रमण हो ।




