रिबन

बागमतीमा आज नयाँ मुख्यमन्त्री नियुक्त हुँदै, राजेन्द्र पाण्डे निश्चित

हेटौंडा । बागमती प्रदेशमा आज नयाँ मुख्यमन्त्री नियुक्त हुँदैछन् । गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादी पार्टीका संसदीयदलका नेता मुख्यमन्त्री बन्ने निश्चित भएको छ ।
प्रदेशको मुख्यमन्त्रीमा गठबन्धन दलका तर्फबाट एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले बुधबारै दाबी पेश गरिसकेका छन् । प्रदेश प्रमुख यादव प्रसाद शर्मासमक्ष बागमती प्रदेशको मुख्यमन्त्रीमा बाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट एकीकृत समाजवादीका प्रदेश सभा संसदीय दलका नेता राजेन्द्र पाण्डेको दावी पेश गरिएको माओवादी केन्द्रका नेता युवराज दुलालले जानकारी दिएका छन् । पाण्डेलाई कांग्रेस, माओवादी र जनता समाजवादी पार्टीको समर्थन प्राप्त छ ।

१०९ सदस्यीय बागमती प्रदेश सभामा बहुमतका लागि ५५ सांसदको समर्थन आवश्यक पर्छ । गठबन्धनसंग ५९ सांसद छन् । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिए लगत्तै प्रदेश प्रमुख शर्माले बिहीवार दिउसो ३ वजेभित्र मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *