रिबन

अष्टलक्ष्मी अव कता ?

काठमाण्डाैं । मुख्य मन्त्री भएकाे तिस दिनमा विश्वासकाे मत लिनुपर्ने भएपनि प्रक्रिया लम्ब्याएर अष्टलक्ष्मी शाक्यले ७१ दिन वागमती प्रदेश जसाेतसाे चलाइन।मुख्यमन्त्री वने लगत्तै अल्पमतमा परेकी शाक्यले याे भन्दा विलम्व गर्न सक्ने ठाउँ नभेटेपछि वुधवार हेटाैंडामा रहेकाे प्रदेशसभामा सम्वाेधन गर्दै राजीनामा घाेषणा गरिन।अव माधव नेपालकाे दल नेकपा एकिकृत समाजवादीका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री हुने ढाेका खुलेकाे छ।

तुलनात्मक रूपमा सादा र कर्तब्यनिष्ठ नेतृ भनेर अष्टलक्ष्मी चिनिन्छिन।तर,गत भदाै २ गते जब माधव नेपाल छाडेर एमालेकाे तर्फबाट मुख्यमन्त्री वनिन तब उनकाे निष्ठा र त्यागमा दाग लाग्याे। अष्टलक्ष्मीले केपीकाे विराेध गरेकाे पनि पद नपाएर रहेछ भन्ने प्रमाणित भयाे ।तर,यदि माधव नेपाल पक्षले साथ दिएन भने वागमती सरकार टिक्दैन भन्ने जान्दाजान्दै उनले एक महिने मुख्यमन्त्री हुन किन मरिहत्ते गरिन ? याे सवाल अहिले पनि अनुत्तरित नै छ।

अष्टलक्ष्मी र भीम अाचार्यकाे हकमा मात्र हाेइन,एउटा सवाल नेकपा एमालेकाे नाममा पनि ज्युँदैछ । यदि यी दुइ पात्रलाइ मुख्यमन्त्री वनाउनु थियाे भने किन विभाजन कुरेर वसियाे ? याे काम किन पहिल्यै गरिएन,जसले एमाले विभाजन समेत राेक्थ्याे ?

वागमती प्रदेशकाे मुख्यमन्त्रीबाट वाहिरिएपछि तुलनात्मक रूपमा शान्त र सरल नेता डाेरमणि पाैडेल भब्य गाडीकाे छतबाट हात हल्लाउँदै अघि पछि माेटरसाइकलकाे लावालस्कर लिएर गृह प्रवेश गरे । यहि गतिमा प्रधानमन्त्रीबाट हटेपछि केपी अेाली वालकाेट पसेका थिए। ७१ दिनकाे मुख्यमन्त्री भएपछि अष्टलक्ष्मी लुसुक्क सदनबाट वाहिरिएकी छिन र विधि मिच्ने काम नगरेकाे वताएकी छिन। तर,उनले विश्वासकाे मतकाे सामना भन्दा राजीनामा दिने विकल्प राेजिन।यसकाे सिधा मतलब हाे उनी विश्वासकाे मत लिन सक्ने अवस्थामा समेत थिइनन।

डाेरमणिलाइ हटाएर अष्टलक्ष्मीलाइ मुख्यमन्त्री वनाएपछि वागमती प्रदेशमा हुन सक्ने सम्भावित क्षति न्युनिकरण गर्न सकिने एमालेकाे मुल्यांकन थियाे तर सात मध्ये ६ प्रदेशमा रजगज गरेकाे एमाले अब प्रदेश नम्वर १ मा मात्र सिमित हुन पुगेकाे छ र त्यहाँ पनि मुख्यमन्त्री भरेभाेलि भएका छन।अर्थात एमालेकाे तुरूपले कुनै काम गरेन।

अव सवाल उठछ,एमाले त हिलाेमा गाडियाे,अष्टलक्ष्मीकाे अवस्था के हुन्छ ?

मुख्यमन्त्रीकाे लागि माधव नेपाल छाडेकी शाक्यसंग नेकपा एमालेकाे स्थायी समिति सदस्य वाहेक अर्काे पद छैन।यसविचमा केपीले रामवहादुर थापा वादललाइ वागमती प्रदेशकाे इन्चार्ज वनाइसकेका छन।र,उनले माधव छाडेर एमाले नै राेजेका दस भाइलाइ पनि छिन्न भिन्न वनाइसकेका छन।दस भाइ सामुहिक रूपमा विराेध पत्र वा असहमति राख्न सक्ने अवस्थामा समेत छैनन।वैठकमा भीम रावल र घनश्याम भुषालले सामान्य असन्तुष्टि राखेपनि अर्थपुर्ण विराेध र संगठित अावाज राख्न सक्ने अवस्था छैन । अर्थात दस भाइ वा तेस्राे धार अब नामेट भएकाे भनेर वुझन फरक पर्दैन।

माधव नेपाल पट्टि फर्कन नसक्ने र एमालेमा अेालीकाे पेलान सहन नसक्ने अवस्था अव शाक्य सहितका दस भाइलाइ हुनेछ।र,वर्षाैं देखि माधवलाइ गुरू मानेर गुटमा लागेका नेता पदकाे लागि एकैरातमा उनलाइ छाडेर अेालीतिर लाग्छन भने केपी अेालीले त्यस्ता मानिस वाेकेर पक्कै हिडदैनन।अर्थात उनले विश्वास गर्दैनन।

नेकपा एमाले भित्र दस भाइकाे अवस्था अहिले यस्ताे वनेकाे छ कि मन पिडा पाेख्ने साथी समेत पाउन मुश्किल वनेकाे छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *