रिबन

यसरी भीम रावल एमालेमा एक्लै परे

काठमाण्डौं । माधव नेपाललाइ अन्तिममा धोका दिएका एमाले उपाध्यक्ष भीम रावले अन्तत नेकपा एमालेमा पनि एक्लै परेका छन । पार्टीको विधान महाधिवेशन गोदावरीमा हुदा उनको पक्षमा झपट रावल र भानुभक्त जोशीले वोलेका थिए । तर,पार्टीको यसपछि वसेको केन्द्रिय समितिको वैठकमा उनले वोल्ने समय पनि पाएनन ।

केन्द्रिय समिति हुदौ स्थायी कमिटी वैठकसम्म आउदा उनलाइ साथ दिदै आएका भानुभक्त जोशी माधव नेपालको दल नेकपा एकिकृत समाजवादी तिर लागे । यसपछि उनलाइ झपटको मात्र रहयो । भीम रावलले गोदावरीदेखि स्थायी कमिटीसम्म आउदा दस वुदे कार्यान्वयनमा देखिएको अलमललाइ लिएर साझा धारणा वनाउन तेस्रो धारका दस भाइको सहमति जुटाउने कोशिश गरेका थिए तर उनको यो प्रयाशमा अन्य नेताहरुले साथ दिएनन । उपाध्यक्ष रावलले स्थायी कमिटीमा फरक मत राखौं भनेर प्रयाश गर्दा दस भाइ नेताले अलग अलग प्रस्ताव राखौं सामुहिक नगरौं भनेर नेताहरु पन्छिए ।

यहि वेलामा अध्यक्ष केपी ओलीले दस वुदेका औचित्य समाप्त भइसकेको वताएपछि रावल थप तनावमा परेर राजीनामा दिएका हुन । उनलाइ अहिलेसम्म साथ दिदै आएका झपट रावल पनि साथी सर्कलमा म फसे भन्न थालेको स्रोतको भनाइ छ । यसमाथि अध्यक्ष ओलीले झापा जादा समेत रावलका जानी दुश्मन वनेका लेखराज भटटलाइ वोकेर हिंडेपछि भीम रावल झन एक्लिएका छन ।

भटटलाइ दिएको महत्वबाट नै वुझन सकिन्छ कि उनले भीम रावललाइ कुन स्थानमा राखेका छन भनेर ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *