काठमाण्डाैं।लुकिछिपी नेपालमा अफगानस्तानका शरणार्थी पस्न थालेपछि सरकारले कडाइ गर्न थालेकाे छ।काठमाण्डाैं मै अफगानस्तानका शरणार्थी फेला परेपछि सरकारले देशवासीलाइ काेठा वा फ्ल्याट भाडामा दिदा परिचयपत्र हेर्न भनेकाे छ।परिचय खुल्ने कागजात नभएका मानिस फेला परेका प्रहरीलाइ खवर गर्न मन्त्रालय भनेकाे छ।

गृहमन्त्रालयले साेमवार वक्तब्य जारी गर्दै यस्ताे निर्देशद दिएकाे हाे।
नेपाल भारतविच खुला सिमानाकाे फाइदा उठाउँदै अफगास्तान देखि शरणार्थी नेपाल पस्न थालेकाे खवर प्राप्त भएपछि सरकारले कडाइ गर्न लागेकाे हाे।तर,सरकारले अहिले देश छिरेकालाइ काेठा भाडामा दिदा कडा गरेकाे हाे तर सिमा नाका मै कडाइ गरिनुपर्ने भए पनि सरकारले यस वारेमा भने केही वाेलेकाे छैन।




