रिबन

अष्टलक्ष्मी र भीम आचार्य धोकेवाज हुन,हाम्रै पार्टीमा आएपनि मुख्यमन्त्री वनाउदैनौं–भुषाल

काठमाण्डौं । नेकपा एकिकृत समाजवादी पार्टीका महासचिव वेदुराम भुषालले अष्टलक्ष्मी शाक्य र भीम आचार्य अव आफनो दलमा आएपनि मुख्य मन्त्री नवनाउने वताएका छन । सोमवार एक कार्यक्रममा वोल्दै उनले पार्टीमा आए अन्य जिम्मेवारी दिन सकिएला तर मुख्यमन्त्री त कुन हालतमा वनाउदैनौं भनेका छन । खास मौकामा गम्भीर धोका दिएको भन्दै छिटै नै वागमती प्रदेश र प्रदेश नम्वर १ मा सरकार वदलिने उनले वताए । उनले कांग्रेससंग कुनै मतभिन्नता नभएको भन्दै केन्द्रिय नेतृत्वको विचमा दुवै प्रदेशमा समाजवादीको सरकार वनाउने सहमति भएको वताएका छन ।

महासचिव भुषालले सवै प्रदेशमा सरकार अदलावदली गर्ने सहमति भएको पनि वताएका छन । उनले सुदुरपश्चिम प्रदेशमा पनि सरकार वदलिने वताएका छन । तर,यस चरणमा वागमती प्रदेश र प्रदेश नम्वर एकमा एकिकृत समाजवादीकै सरकार वन्ने वताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *