काठमाण्डौं । सत्तारुढ पाच घटकविच तिनै तहको चुनाव एकै साथ गर्ने विषयमा वहश सुरु भएको छ । स्थानीय तह,प्रदेश र केन्द्रको निर्वाचन एकसाथ गर्ने विषयमा प्रधानमन्त्रीले सत्तारुढ पाच घटक दलहरुविच कुराको सुरुवात गरेका छन । पहिलो चरणको सम्वादबाट सैद्धान्तिक रुपमा एकैपटक चुनाव गर्न सकिने तहमा सम्वाद भएको वुझिएको छ ।
सत्ता घटक दलका एक नेताका अनुसार,एउटा निर्वाचन गर्नको लागि निर्वाचन आयोगले मात्र ५० अर्ब खर्च गर्ने गर्दछ । यसमा सरकारको अन्य अंग जस्तै सुरक्षा निकाय र प्रशासनिक खर्चको हिसाव गर्ने हो भने यो खर्च निकै महंगो हुने गर्दछ । यसैकारण महंगो निर्वाचनलाइ मर्ज गरेर एउटै वनाउन सकेको खण्डमा चुनाव खर्च जोगिन्थ्यो भन्ने अभिप्रायले सत्तागठवन्धनमा वहश भएको हो । तर,यसो गर्न कानुनी र प्राविधिक रुपमा कति सम्भव छ भनेर अध्ययन सुरु भएको छ ।
संवैधानिक प्रावधान अुनसार,हरेक पाच बर्षमा संसदको निर्वाचन हुने भनिएको छ । तर सवै चुनाव एकैपटक गर्दा स्थानीय तहको चुनाव ६ महिना पर धकेल्ने र केन्द्रिय चुनाव ६ महिना पहिला गर्नुपर्ने हुन्छ । सत्ता घटक अहिले यहि अभ्यासमा जुटेको छ भने चुनावसम्म गठवन्धन कसरी जोगाउने भन्ने पनि उनीहरुको प्रमुख ध्यान देखिन्छ ।
चुनावमा पुरै तालमेल नभएपनि केही निश्चित क्षेत्रमा भएपनि तालमेल गर्ने सत्तारुढ दलहरुको तयारी छ ।




