रिबन

वेल्जियम भनेर वैंककमा लगेर चेली वेच्नेलाइ चिन्नुहाेस

काठमाण्डाैं । महिला वेचविखनकाे नयाँ जालाे फेला परेकेा छ।यहि क्रममा युराेपकाे वेल्जिएम लैजान्छु भनेर एशियाकाे थाइल्याण्डमा लगेर महिला वेचविखन गर्ने ब्यक्ति प्रहरीकाे फन्दामा परेका छन।

नेपाल प्रहरीका अनुसार,यस्ताे घृणित कार्यमा संलग्न रहेकाे अभियोगमा बागलुङ गल्कोट नगरपालिका-४ घर भएका ४४ वर्षीय राजेन्द्र खड्कालाई काठमाडौं सिनामंगलबाट बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

खड्काले पीडित महिलालाई बेल्जियमको होटलमा काममा लगाई दिने, मासिक १ लाखदेखि डेढ लाख तलब हुन्छ भनी प्रलोभनमा पारी विभिन्न मितिमा ८ लाख ५४ हजार रुपैयाँ समेत लिई सन् २०१९ मे २२ मा भैरहवाबाट भारतको गोरखपुर, कलकत्ता हुदै थाईल्याण्ड र कम्बोडियासम्म पुर्‍याई थाईल्याण्डमा वेचेकाे खुलेकाे छ ।यसकाे लागि खडकाले भारतीयकाे सहयाेग लिएकाे खुलेकाे छ।प्राप्त विवरण अनुसार,खड्काको कोठामा अर्का भारतीय अभियुक्त पर्विन्दर सिंह समेतले यौनशोषण गरी धम्की दिई मलेसिया लगि अलपत्र पारेको थियाे। यसपछि ती महिला आफन्तको सहयोगमा सन् २०२० मार्च १५ मा नेपाल फर्कन सफल भएकी थिइन। उनै पीडित महिलाको जाहेरीको आधारमा प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान व्यूरोबाट खटिएको प्रहरीले राजेन्द्रलाई सिनामंगलमा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

उनलाई जिल्ला अदालत काठमाडौंबाट ४ दिन म्याद अनुमति लिई मानब बेचविखन तथा ओसापसार (नियन्त्रण)ऐन, २०६४ अन्तर्गत आवश्यक अनुसन्धान कार्य भईरहेको उक्त व्यूरोले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *