काठमाण्डाैं । प्रधानमन्त्री केपी शर्मा अेालीकाे पालामा नियुक्त भारतका लागि नेपाली राजदुत निलाम्वर आचार्य दिल्लिबाट फर्केका छन।सरकार वदलिएसंगै उनलाइ दिल्लि दुतावासबाट फिर्ता गर्ने निर्णय प्रधानमन्त्री शेरवहादुर देउवा नेतृत्वकाे सरकारले गरेकाे थियाे।
दिल्लिबाट विदाइ भएर उनी वुधवार नेपाल फर्केका हुन। नेपाल फर्कनु अघि उनले दिल्लिमा राजनीतिक भेट र विदाइ भेट गरेका छन।मंगलवार मात्र उनले भारतीय कांग्रेस पार्टी अध्यक्ष साेनिया गान्धीसंग विदाइ भेट गरेका थिए। यसअघि उनले राहुल गान्धीलाइ पनि भेटेका थिए।यस्तै विदेश मन्त्रालयका सचिव देखि विदेश राज्यमन्त्रीसमेतलाइ भेटेका थिए।
राजदुत आचार्यले विभिन्न देशबाट भारतमा राजदुत भएर वसेका कुटनीतिज्ञलाइ पनि भेट गरेका छन।
राजदुत आचार्य सहित एक दर्जन देशका राजदुतलाइ नेपालले एक साथ फिर्ता गरयाे तर ती ठाउँमा कसलाइ नियुक्त गर्ने भन्ने अहिलेसम्म सामान्य छलफल समेत गरेकाे छैन।
खासगरि भारत,चीन,अमेरिका जस्ता देशमा राजदुत रिक्त राख्नु उति उचित हाेइन तर नेपालले भने नयाँ राजदुत नियुक्तिकाे वारेमा वहश नै सुरू गरेकाे छैन।




