काठमाण्डाैं । फिस्टेलकाे हेलिकाेप्टर धान खेतमा राेकिएकाे छ। शनिबार राति सुनसरीको धानखेतमा हेलिकप्टरले आकस्मिक अवतरण गर्नुपरेकाे छ । काठमाडौंबाट विराटनगर जाँदै गरेको हेलिकप्टर इनरुवाको सखुवागाछी भन्ने स्थानमा अवतरण गरेको हो ।
हेलिकप्टरमा चालक दलका सदस्यसहित ४ जना सवार रहेको थिए । ती सबै सुरक्षित रहेको सुनसरी प्रहरीले जनाएको छ ।विराटनगर एयरपोर्टले ल्याण्डका लागि अनुमति नदिएपछि धानखेतमा आकस्मिक अवतरण गरेको बताइएको छ ।




